गौर- चन्द्रनिगाहपुर खण्डस्थित गरुडा चोकमा स्थानीयले चक्काजाम गरेका छन् । एमालेका मधेस प्रदेसका नेतालाई कुटपिट गरेको घटनामा इलाका प्रहरी गरुडाले बेवास्ता गरेको भन्दै स्थानीय राजमार्ग अवरुद्ध पारेका हुन् । कुटपिटका घटनामा संलग्नलाई पक्राउ नगरेको पीडितको आरोप छ ।
एमाले मधेस प्रदेशका नेता सेख करिमुल्लाहलाई बुधबार राती गरुडा चोकमा बसिरहेको अवस्थामा ७/८ जनाको समूहमा आएकाले कुटपिट गरि भागेका थिए । कुटपिटमा को-को थिए भन्ने प्रहरीलाई जानकारी गराउँदा बेवास्ता गरेको पीडित करिमुल्लाहले जानकारी दिनुभयो ।
चक्काजामपछि सदरमुकाम जाने आउने सवारी रोकिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले जाहेरी दिन अनुरोध गरेका छन् । जाहेरीपछि कुटपिटमा संलग्नलाई पक्राउ गरिने जानकारी पीडितलाई गराएका छन् ।
डिएसपी त्वातीले पनि पीडितले जाहेरी नदिएर चक्का जाम गरेको बताए । पीडित लगायत स्थानीयले प्रहरीको विरोध गरेका छन् । पीडित करिमुल्लाहलाई कुटपिट गरे लगत्तै मोटर्साइकल चढेर भागेका थिए । आफूमाथी कुटपिट गर्ने सबैलाई चिनेको करिमुल्लाहले बताउनुभयो ।







