जनमत पार्टी पर्साले अनियमित विद्युत कटौतीको विरुद्ध नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको कार्यालय अगाडी प्रदर्शन गरेको छ । छिन छिनमा विद्युत काटेर हैरान पारेको विद्युत प्राधिकरण वीरगंज विरुद्ध दबाव स्वरूप प्रदर्शन गर्नुपरेको जनमत पर्साले जनाएको छ ।
जनमत पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा भएको प्रदर्शनमा जनमत पर्साका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । प्रदर्शन पछी उनीहरुले विद्युत प्राधिकरण वीरगंजका प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएको पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिनुभयो ।







