बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष धर्मेन्द्र यादवले आफ्ना वडाका दलित र विपन्न वर्गलाई नि:शुल्क विधुतीय मिटर वितरण गर्नुभएको छ ।

शुक्रबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच ३८ जना दलित र विपन्न वर्गलाई नि:शुल्क विद्युतीय मिटर वितरण गरिएको हो ।

वडाध्यक्ष यादवले आफु एउटा थिति बसाल्नको लागी निशुल्क विद्युतीय मिटर वितरण गरेको बताउनुभएको छ ।

उहाँले उक्त वर्गका मानिसहरुले हुकिंग गरेर विजुली बाल्ने गरेकाले मिटर दिएर विजुलीको अबैद्ध प्रयोग रोक्न खोजेको बताउनुभएको ।

वडाध्यक्ष यादवको अध्यक्षता र विद्युत प्राधिकरण वितरण केन्द्र कलैया बाराका प्रमुख ऋषि वर्णवालको प्रमुख आतिथ्यमा नि:शुल्क विद्युतीय मिटर वितरण गरिएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर