कलैया ।बारा मा सवारी दुर्घटना मा परी एक जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर २५ सिसहनिया चौक स्थित बिरगंजबाट कलैया तर्फ आउँदै गरेको ना.४ ख ६९६ नम्बर को ट्रकले ना ४७ प ८३४३ नम्बर को मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बैलबास बस्ने ४० वर्षीय नरेन्द्र सिंह रहेकोे जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

दुर्घटना मा परी घाईते भएका सिंह लाई उपचारको लागि न्युरो अस्पताल बिरगंज तर्फ लैजाने क्रममा बाटोमा मै मृत्यु भएको हो । मृतकको लास न्युरो अस्पताल बिरगंजमा रहेकोे छ ।
यता प्रहरी ले मोटरसाइकल , ट्रक र ट्रक चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ फत्तेपुर बस्ने ४३ वर्षीय लक्ष्मिनारायण सहनी लाई नियन्त्रणमा लिएको प्रब्क्ता मिश्र ले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर