कलैया । बाराको सदरमुकाम कलैयाको बजार क्षेत्रमा गरिने अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । कलैयाको भरत चौक देखि उत्तर जाने बजारको सडकमै जथाभाबी सवारी साधन पार्क गरेर सडकलाई पार्किङ स्थलको रुपमा प्रयोग गर्ने गरेको देखिन्छ ।
उक्त सडकमा पर्ने बैंकहरुमा आउने सेवाग्राहीको २ पाग्रो सवारी बाटोमै पार्क गर्ने गरेकोले सडक झनै कुरुप बन्दै गएको हो । अव्यवस्थित पार्किङले बाटो हिडने बटुवा र बजार छिर्ने नागरिकले समस्या र सास्तीमा भोग्दै आएका छन् ।
कलैया उपमहानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्न एक तर्फी मात्र सवारी साधन राख्न नियम बनाएता पनि पालना हुन सकेको छैन । यता बजारका व्यवसायीले बाटो नै हडपेर आँप, तराकारी फलफुल बेच्ने गरेकोले झन पार्किङमा समस्या हुने गरेको छ ।
उपमहानगरले गुनासो खेपे पछि केहि दिन नगर प्रहरी परिचालन गर्ने गरिएता पनि फेरि पार्किङ अवस्थित नै हुने गरेको कलैया बजारका स्थानीय सदिन्प यादवले जानकारी दिएका छन् ।
अव्यवस्थित सवारी साधन पार्किङको समस्यामा स्थानीय तह र ट्राफिक प्रहरी गम्भीर नदेखिएको पाइएको छ । अव्यवस्थित पार्किङले सवारी दुर्घटना बढ्ने मात्रै हैन सडक पेटिमा हिडडुल गर्ने अधिकांश व्यक्तिहरुले सास्ती भोग्नु परेको छ । व्यस्त सडकका छेउमा पार्किङ गरिएका सवारीसाधनको मारमा दिन प्रतिदिन कलैयाका नागरिकहरु परिरहेका छन् ।