कलैया ।  सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरे पछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलवार नेपाली कांग्रेस का सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ । हिजो अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । 

प्रधानमन्त्री मा देउवा नियुक्त भए पछी आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर