हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार, प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ की ३५ वर्षीया सुनिता तामाङलाई पक्राउ गरेका छन्।

त्यस्तै, प्रहरी चौकी रातोमाटेबाट खटिएको अर्को टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक, भारतको बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पनि पक्राउ गरेको छ।

प्रहरीका अनुसार, उनीहरूलाई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर