पर्सा — गएको वर्ष नगन्य पर्यटकले पर्सा राष्ट्रिय निकुन्जको भ्रमण गरेका छन् । निकुन्जको तथ्यांक अनुसार वर्षभरि ८०४ पर्यटकले मात्नै निकुन्ज भ्रमण गरेका हुन् ।

निकुन्ज भ्रमणमा आएका पर्यटकमध्ये ७ सय ६६ स्वदेशी छन् भने सार्क राष्ट्रका २५ पर्यटक आएका छन् । तेस्रो मुलुकका १३ पर्यटकले पनि निकुन्ज भ्रमण गरे ।

निकुन्ज मुख्यालय आधाभारका संरक्षण एवं सूचना अधिकृत सन्तोष भगत स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने र निकुन्जको प्रचार प्रसार गर्ने हरसम्भव प्रयास गरिएको बताउनुभयो ।

निकुन्जमा पर्यटक भित्र्याउन यस भेगका होटल तथा पर्यटन व्यवसायी, ट्राभल एण्ड टुर संचालकहरूसँग पनि सक्दो समन्वय भइरहेको उनले जानकारी दिनुभयो ।

निकुन्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा पर्सा वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुन्जमा स्तरोन्नति भएको झण्डै ७ वर्ष बितिसक्दा पनि निकुन्जमा पर्यटकको आगमन नगन्य हुँदा निकुन्जकर्मीहरू चिन्तित रहेको बताउँछन् । – कान्तिपुरबाट साभार

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर