प्रतिबन्धित लागुऔषध गाँजासहित पर्साका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर -७ बस्ने ३३ बर्षीय बालेश्वर प्रसाद यादव र देबेन्द्र यादव छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ सोलखपुरस्थित महुवन सडक खण्डमा पटेर्वासुगौलीबाट महुवनतर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बर मोटरसाईकललाई रोकेर चेकजाँच प्रहरीले गरेको थियो ।

चेकजाँचका क्रममा मोटरसाईकलमा सवार दुवै जनाले आ-आफ्ना शरीरमा लुकाई राखेका साढे २ किलो/साढे २ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएपछी उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर लागुऔषध सम्बन्धि मुद्दामा आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता भारतीले जनाउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर