
कलैया । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा लाई नियुक्तिको परमादेश दिएपछि बडाल ले पद बाट राजीनामा दिएका हुन् ।बडालले नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बताउनु भयो । उनको आजै महान्यायाधिवक्ता कार्यालयमा बिदाइ कार्यक्रम राखिएको छ ।