बारामा एक बालिकामाथि बलत्कार भएको छ । निजगढ नगरपालिका ५ मा मंगलबार दिउँसो १३ वर्षीया बालिकालाई दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् ।

विद्यालयबाट घर फर्कदै गरेकी ती बालिकालाई मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले बलत्कार गरेका हुन् । आरोपित दुवै व्यक्तिको पहिचान खुल्न सकेको छैन । बालिकाको बयानपछि प्रहरीले एक शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बालिकाले आफूमाथि दुई व्यक्तिले जबरजस्ती गरेको जानकारी दिएपछि बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेका थिए । पिडित बालिकाको बयानपछि निजगढ सामुदायिक अस्पतालमा गरिएको शारीरिक परिक्षणले उनिमाथि जबरजस्ती करणी भएको देखिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बालिकामाथि बलत्कार भएको शारीरिक परिक्षणले देखाएको र शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताउनुभयो ।

बालिकाको अभिभावक र आफन्त जाहेरी लिएर प्रहरी कार्यालयमा आएको र त्यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर