धनुषामा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ की १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताउनुभयो ।
सन्ध्या आफन्तको घरमा आएको बेला दिउँसो नुहाउन गएको अवस्थामा डुबेकी थिइन् । दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।







