
कलैया ।सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनिवार्य सूचीकरण हुन निर्देशन दिए पछि त्यसको विरोधमा कलैया सहित देशभरका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलित बनेका छन् ।
सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरूप्रति बैंकर्सहरु ले असहमति जनाउँदै आफुहरुले खाइपाइ आएको सेवा सुविधा नै कटौती गर्ने बदनियतले सुरुमै आफुहरुलाई सामेल गराउन खोजिएको भन्दै उनिहरु आन्दोलित बनेका छन्
।
बुधबार जिल्ला को सदरमुकाम कलैया स्थित भरत चौकमा पनि उनिहरुले विरोध पत्रसहित प्रदर्शन गरेका हुन् ।कलैया मा आन्दोलित बनेका ७ बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु ले सामाजिक सुरक्षा ऐनमा आवश्यक संशोधन नगरिए सम्म आफुहरु सामाजिक सुरक्षा योजनामा सहभागी नहुने प्रष्ट पारेका छन् ।