नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी

मन्त्रीहरूले गएको साउन ११ गते नै पदबाट राजीनामा दिएका थिए । मन्त्री बाहिरिए पनि समर्थन कायमै राखेको माओवादीले आज पत्र लेखेर समर्थन फिर्ता लिएको हो ।

यसैबीच आजै नेपाली कांग्रेसले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र सचिवालयमा दर्ता गराएको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर