कलैया । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निवास आज फकर्नुभएको छ ।
सर्वाेच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापनाको निर्णय गर्दै प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिए संगै बुधवार निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँलाई पार्टी निकट सङ्गठन र उहाँका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।