गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताउनुभयो ।
उहाँले निर्मला घटना देशकै लागि चासो र चिन्ताको विषय भएकाले अनुसन्धान निरन्तर भइरहने बताउनुभएको हो । मन्त्री लेखक आफै पनि निर्मला घटनापछि भएको आन्दोलनमा सहभागी हुनुभएको थियो ।
निर्मला हत्या घटनापछि भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्चलगायत अन्य सहयोग पनि उपलब्ध गराइने मन्त्री लेखकले बताउनुभयो ।
गृह मन्त्रालयले उनीहरुलाई उपचार खर्च दिने भनेपछि पछिल्लो समय रोकिएको छ । उपचार खर्च तत्काल उपलब्ध गराइने उहँले बताउनुभयो ।







