कलैया । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक कलैयामा सुरु भएको छ । साउन ६ गते देखि सुरु हुने सो पर्व तीन दिनसम्म मनाइन्छ । रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद मनाईने चलन छ ।

बकरईदमा कुर्वानी (पशु बली) दिने चलन भएकोले बाराको सदरमुकाम कलैया सहित देश भर मुस्लिम समुदायहरु आ–आफ्नो घरमा कुर्वानीको लागि खसी, भेडा, दुम्बा, भैसी, राँगा जस्ता जानवरको जोहो गर्न जुटेका छन् । अहिले कलैया, महागढिमाई, सिम्रौनगढ , कोल्हवी ,निजगढ लगायतका ठाउँहरुमा खसी किन्नेहरुको व्यापक रुपमा भिड देखिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर