कलैया । बारा मा सवारी दुर्घटना मा परी एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

माहागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतही पुल नजिकै बरियारपुरबाट कलैया तर्फ आउदै गरेको प्रदेश २-०३-००१ ख.०७१५ नम्बर को ट्रकले सोही दिशा तर्फ आउदै गरेको स.५ प.९५३७ नं.को मोटरसाइकल लाई पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक सुरक्षाकर्मी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।

मृत्यु हुने मा पर्साको साविक लखनपुर ९ हाल सखुहवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ बस्ने बागमती प्रदेश शस्त्र प्रहरी गण मुका रातोमाटे हेटौडा दरबन्दी भई ईलाका प्रहरी कार्यालय सन्तपुर रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेश कुमार राउत रहेका छन् ।उनको घटनास्थल मै मृत्यु भएको हो ।

प्रहरी सहायक निरीक्षक को शव पोस्टमार्टम को लागि कलैया अस्पताल मा पठाइएको प्रब्क्ता मिश्रले बताए । प्रहरी ले ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर