साजिर मन्सूर 

कलैया,भदौ २९

जिल्ला सदरमुकाम कलैयालाई शैक्षिक हब बनाउने अभियानमा एउटा अर्को खुड्किलो पार गरिएको छ । कलैयामा आज मेन्डिट पोलिटेक कलेजले बिबिए र बिएससि सिएसआईटी नया कोर्ष ल्याई सम्पुर्ण बाराको शैक्षिक जगतलाई खुशी तुल्याएको छ । कलैया ५ स्थित मनोकामना म्यानेजमेन्ट कलेजको प्राङ्गणमा सो कलेजको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर तथा नेपाली काङ्ग्रेस बाराका सभापति राजेश राय यादवले दिप प्रज्वलन गरि सेमिनारको उदघाटन गरेका छन ।

oplus_2

प्रमुख अतिथि कलैयाका बिद्यार्थीहरु मात्र हैन बाराका सबै बिद्यार्थी बाहिर जानुपर्ने बाध्यतालाइ अन्त्य गराउने अभियानमा यो कदम महत्वपुर्ण भएको बताए । उनले यसले बिद्यार्थी को समय सङ्गै अभिभावक को समेत खर्च कटौती गर्ने र राम्रो नतिजा समेत आउने जनाए ।

 

बिएससी सिएसआईटी कोर्स भनेको कम्प्युटर सम्बन्धि कोर्ष हो यसमा हाल सफ्टवेयर कम्पनी सफ्टवेयर डेभलपमेन्ट कम्पनी,सरकारी जागिरमा जान समेत यो कोर्षको अत्यन्तै बढी माग भएको मेन्डिट पोलिटेक कलेजका प्रशिक्षक(एमसीए) मुन्ना ठाकुरले जानकारी गराए ।

 

मधेस प्रदेश सरकारको सिटिईभिटी तर्फको आईटी अफिसर ई.उदित यादवले कलैया सहित बाराका सम्पुर्ण प्राबिधिक धार तर्फ आफ्नो भबिस्य निर्माण गर्न चाहने सबैका लागि आफुले यो कोर्ष ल्याएको बताए । उनले अब प्राबिधिक धार खासगरी कम्प्युटर सङ्ग सम्बन्धित हरेक प्रकारका कोर्षका लागि बारा पर्सा रौतहट मात्र नभैइ समग्र मधेशकै लागि यो कलेज सबैको पहिलो रोजाई बन्ने किसिमले काम गर्ने प्रतिबद्धता जनाएका छन । उनले कलेजको आफ्नो भवनको बनाउने प्रक्रियामा रहेकाले हाल चर्चित शैक्षिक संस्था मनोकामना म्यानेजमेन्ट कलेजको भवनमा हाललाई अध्ययन गराउने जानकारी गराए । BSC CSIT (Bachelor of Science in Computer Science and Information Technology) भनेको स्नातक तहको चार वर्षे (८ सेमेस्टर) कोर्स हो, जसले कम्प्युटर विज्ञान र सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न उद्देश्य राखेको छ। यो कोर्स अन्तर्गत विद्यार्थीहरूलाई कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर विकास, डाटा बेस म्यानेजमेन्ट, नेटवर्किङ, वेब विकास, कृत्रिम बुद्धिमत्ता, र सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने ई. यादवले जनाए ।

 

उनले नेपालमा, यो कोर्ष त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने प्रमुख आईटी कार्यक्रमहरूमध्ये एक हो। यो कोर्सले सूचना प्रविधि क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूलाई व्यावसायिक दक्षता, अनुसन्धानको आधार, र नविनतम प्रविधिहरूको जानकारी प्रदान गर्छ।

 

oplus_2

 

बिशिस्ट अतिथि मनोकामना कलेजका संस्थापक रामबाबु कुश्वाहाले कलैयामा मेडिकल कलेज सहित विभिन्न अन्य प्राबिधिक धार अध्ययन  को समेत ब्यवस्था हुनुपर्ने किसिमले कार्य हुनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल,काङ्ग्रेस युवा नेता नाजिर अन्सारी,युवा संघ बाराका पुर्व अध्यक्ष पुरुशोतम साह,कलेजका प्रशिक्षकहरु डा.अशोक ठाकुर,परमान्द यादव,सन्जिव गुप्ता,बिनोद गुप्ता,ब्यवस्थापन तिरका दिपेन्द्र प्रसाद यादव,मुकेश स्वर्णकार सहित बाराका विभिन्न बिधालयका प्रअ र अभिभावक बिद्यार्थीको उपस्थिति रहेको थियो ।

उमाशन्कर यादवले सन्चालन गरेको कार्यक्रममा स्वागत रिचा चौरसियाले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर