रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थप्नुभएको छ ।

प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०१४ मा युक्रेनको क्रिमियामा आक्रमण गरेर कब्जा गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए ।

त्यसयता रुसले पश्चिमा देशबाट कृषि उत्पादनको आयात कम गर्दै अन्तिममा प्रतिबन्ध नै लगाएको थियो ।

प्रतिबन्धका कारण देशको कृषि उत्पादन बढिरहेको भन्दै पुटिनले आयात प्रतिबन्धको प्रशंसा गर्नुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर