पर्सा बारासहित अहिले मध्यतराईमै ठुलो बर्षा भईरहेको छ । पर्साको सदरमुकाम वीरगंजसहित ग्रामिण क्षेत्रमा समेत विहिबारदेखि नै पानि परिरहेको हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतका मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । महाशाखाले चार दिन लगातार देशभर पानि पर्ने भन्दै आवश्यक सतर्क रहन आग्रह गरेको छ ।

यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढि रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम समेत बढेको छ ।

यासैगरी ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न थालेको छ भने दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित भएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर