
सिमरौनगढ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४४ जना छात्रालाई पचरौता नगरपालिकाका नगर प्रमुख रमेशकुमार यादवले शुक्रवार साइकल वितरण गर्नु भएको छ । मुख्य मन्त्री बेटि पढाउ बेटि बचाउ अभियान अन्तरगत लागू गरिएको कार्यक्रममा बिद्यालयको प्राङ्गणमा कक्षा आठमा अध्ययनरत छात्राहरुलाई साईकल बितरण गरिएको हो ।
नगर प्रमुख यादवले संघीयता आएपछि सबैको अधिकार सुनिश्चित हुदैँ गइरहेको बताउदै देशको कर्णधार भनेको वास्तविक रुपमा हेर्ने हो भने छोरीहरु नै भएको बताउनु भयो ।यादवले एउटा छोरी शिक्षित भए सम्पूर्ण परिवार नै शिक्षित हुने भनाई पनि सान्दर्भिक भएकोले पनि यो भनाईलाई प्रष्ट गर्ने गर्छ ।
समाज शिक्षित भएन भने चौतर्फी बिकास हुने संभावना कम हुने बताउदै यादवले पचरौतामा छोरीको शिक्षा उत्थानको लागि भर्खर नगर सभाबाट पनि छोरीले स्नातक गरे ५१ हजार दिने घोषणा गरिएको नगर प्रमुख यादबले बताउनु भयो । यस सङ्गै पचरौता सरकारले छोरीको शिक्षा बिकासका लागि विभिन्न योजनाहरु सम्पूर्ण जनप्रतिनिधिको सहभागितामा पारित समेत गरिएको जानकारी दिनु भयो ।
विद्यालयका प्रधानाध्यापिका सकुन्तला कुमारी यादवको अध्यक्षतामा भएको साईकल वितरण कार्यक्रममा नगर शिक्षा संयोजक प्रमोद प्रसाद यादव लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।