सिरहामा नालामा एक युवकको शव भेटिएको छ । मिर्चैया नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गकै नालामा शुक्रबार युवकको शव भेटिएको हो ।

प्रहरीका अनुसार मृतक कल्याणपुर नगरपालिका-१ अर्नमाका २८ वर्षीय नितेश कामती हुन् । प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी वीरेन्द्रकुमार पासवानले पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाबारे विस्तृत कुरा खुल्ने बताए ।

स्थानीयका अनुसार उनी शुक्रवार बिहान ९–१० बजेतिर नाला आसपासमा घुमेका थिए । घुम्दाघुम्दै नाला छेउमै सुतेका उनी लासो समयसम्म पनि नउठ्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर