सिरहामा यात्रुवाहक बस पल्टिँदा पाँच जना घाइते भएका छन् । मिर्चैया नगरपालिका-७ बक्री बजारस्थित मिर्चैया-कटारी राजमार्गमा बस पल्टिएको हो ।

कटारीबाट मिर्चैया आउँदै गरेको ना ३ ख ७०३४ नम्बरको बस साढे ११ बजेको समयमा पल्टिएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा ५ जना घाइते छन् ।

त्यसमध्ये एक ५ वर्षीया बालिकाको अवस्था गम्भीर छ । चार जनाको स्थानीय स्तरमै उपचार भइरहेको तथा गम्भीर रहेकी बालिकालाई थप उपचारका विराटनगर पठाइएको छ ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर