रौतहटका विभिन्न स्थानबाट सोमवार एकै दिन ५ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतबाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ५ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार जुवा मुद्दामा दोषी ठहर भएका गरुडा नगरपालिका ६ पोठीयाहिका साह कानु, अभद्र व्यवहार मुद्दामा दोषी ठहर देवाही गोनाही नगरपालिका ७ का राकेश भन्ने रुपेश यादव, रमेश ठाकुर, विजय भन्ने सञ्जय यादव र विवेक यादवलाई जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरिएको हो।

पक्राउ परेका ५ जनालाई फैसला कार्यान्वयन लागि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर