बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई प्रति श्रद्धालुहरुको श्रद्धा बढ्दै गएको देखिएको छ ।

विश्वभर बलि प्रथाका कारण ख्यातिप्राप्त विश्व प्रसिद्ध गढीमाई प्रति पछिल्लो समय श्रद्धालु भक्तजनहरुको आस्था र श्रद्धा , बिश्वास बढ्दै गएको पाईएको हो ।

मन्दिरमा गढीमाईको दर्शन गर्न आएका श्रद्धालुहरुले यहि असोज १७ गते अर्थात घटस्थापनादेखि मङ्सिर ३० गते शनिबारसम्ममा लाखौँ रुपैयासंगै सुन र चाँदीका गरगहना भेटि स्वरूप चढाएका छन ।

असोज १७ गतेदेखि कार्तिक १३ गतेसम्म मन्दिरमा राखिएको ४ वटा दानपेटिकामा भक्तजन श्रद्धालुले ७ लाख ३५ हजार ३४१ रुपैयाँ गनद तथा रसिदबाट २ लाख ३१ हजार ७२ रुपैयाँ गरी कूल ९ लाख ६६ हजार ४१३ रुपैयाँ र पाँच वटा सुनको तिलहरी गरी ७ थान सुनको गहना र २६ थान चाँदीका गहनापनि भेटीका रुपमा चढाएका थिए । यसैगरी कार्तिक १४ गतेदेखि मङ्सिर ३० गते राखिएको दानपेटिकामा भक्तजनले नगद ५ लाख २४ हजार १६५ रुपैयाँ र सुनका गहना ३ थान , चाँदीको गहना ७ थान भेटि स्वरुपमा संकलन भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर