जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न मुद्दाका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय फैसला पश्चात फरार भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमाहरुमा निजगढनगरपालिका वडा नम्बर ८ बस्ने माया गोले , बालकृष्ण थापा , ईन्दिरा थापा , वडा नम्बर ९ का राज मैनाली , वडा नम्बर दुईका सागर राई , त्यसैगरी विश्रामपुर गाउँपालिका वडा नम्बर २ का अर्जुन राय यादव , परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने जयप्रकास यादव र कलैया उपमहानगरपालिका वडा नम्बर ४ का मंगल राम रहेका छन ।
अदालतबाट ५ महिना २८ दिन कैद सजाय र रु ५ हार जरिवाना गरे पश्चात निजगढ नगरपालिका वडा नम्बर ८ वस्ने गोले फारार भएका थिए भने त्यही मुद्दामा उक्तिकै कैद सजाय र २ हजार रुपैयाँ जरिवाना भएपछी त्यही ठाउँ बस्ने थापा फरार भएका थिए । वडा नम्बर ८ मै बस्ने ईन्दिरा लागुऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार रुपैयाँ जरिवाना भएपछी फरार भएकी थिईन ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार चेक अनादर मुद्दामा वडा नम्बर ९ बस्ने मैनालीलाई अदालतले १ महिना कैद सजाय र १ हजार रुपैयाँ जरिवाना गरेपछी फरार भएका थिए भने त्यस्तै मुद्दामा परवानीपुर गाउँपालिका वडा नम्बर ४ बस्ने राम ५ सय रुपैया जरिवाना भएपछी फरार थिए ।
सवारी दुर्घटनामा निजगढ नगरपालिका वडा नम्बर २ बस्ने राईलाई १ बर्ष कैद सजाय र १ हजार जरीवान भएपश्चात फरार थिए भने बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बस्ने रुपेश यादव डाका मुद्दामा १ बर्ष कैद सजाय र १० हजार ५ सय रुपैया जरिवाना भएपछी फरार भएका थिए । यसैगरी कुटपिट अंगभंग मुद्दामा २ हजार रुपैया जरिवाना भएपछी फरार भएका परवानीपुर गाउँपालिका वडा नम्बर ३ का जय प्रकास यादवलाई पनि पक्राउ गरीएक छ ।
पक्राउ परेका सबै जनालाई कैद भुक्तान र जरिवाना संकलनको लागी जिल्ला अदालतमा पेश गरिएको र अदालतको अनुमतिमा उनिहरुलाई सम्बन्धित कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।







