बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज सुचना जारी गरि मँसिर १ गतेदेखि गढीमाईस्थित लागेको मेलामा ड्रोन उडाउन निषेध गरेको हो ।

पञ्चबर्षिय गढीमाई मेलालाई लक्षित गरी कुनै पनि व्यक्ति, संघ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न नपाइने जिल्ला प्रशासनले जानकारी दिएको छ ।

सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडान गरेको पाईए ड्रोन क्यामेरा जफत गरी सम्बन्धित क्यामेराका धनी र उडानमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने पनि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

ड्रोन जडित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि,२०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर