साजिर मन्सूर 

कलैया,मङ्सिर १०

महिला संजाल बाराको अध्यक्ष तथा महिला अधिकारकर्मी बबिता जयस्वालले समाजमा क्यान्सर भन्दा ठूलो रोग पितृसत्तात्मक सोच भएको बताईन । हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि एक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताईन ।

oplus_2

जिल्ला प्रहरी कार्यालय बारामा कार्यक्रम सम्पन्न भएको थियो । महिला संजाल बाराको अध्यक्ष बबिता जयस्वालले महिला हिंसाको बिषयमा जहाँ राज्य पुग्न सकेन त्यहा हामी महिला अधिकारकर्मीहरु पुग्यौ भनिन । उनले हिजो आफुहरुलाई महिला बिगार्ने भन्नेले अहिले हाम्रो प्रसंशा गर्नु नै परिवर्तन हो भन्दै अब अर्थपूर्ण सहभागिताको खाचो भएको बताईन । पहिला पहिला महिला हिंसाको घटना दर्ता गराउन डेलिकेशन नै आउनुपर्ने हुन्थ्यो तर आजकल त्यसतो अवस्था नरहेको बताईन । संबंधित निकायलाई अझ जिम्मेवार बनाउन हामी अधिकारकर्मीहरु एक कदम पछाडी नहट्ने प्रतिबद्धता जनाईन । पितृसत्तात्मक सोचलाई समेत हामिले हटाउन नसक्दा हिंसाका घटना घटिरहेको प्रती सबै सचेत हुनुपर्नेमा जोड दिईन । सेवा प्रदायक संस्थाले ईमान्दार भएर काम गरिदिए हिंसामा कमि आउने बताईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर