पर्साको वीरगंज पोखरिया सडकखण्डमा आज शिनिबार टिपरले मोटरसाईकललाई ठक्करदिदा एकजना युवकको मृत्यु भएको छ । मत्यु हुनेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ बस्ने २५ बर्षिय प्रभु राउत थारु रहेका छन ।

वीरगंज महानगरपालिका वडा नम्बर -१७ अलौंको छ गछिया भन्ने स्थानमा आज ना ८ ख २६११ नम्बरको टिपरले बा.आर २२ बि.जी १४५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा थारुको मृत्यु घटनास्थलमा नै भएको हो ।

सोहि दुर्घटनामा परेर सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ बस्ने राकेश महत्तो सामान्य घाईते भएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

महतोको नारायणी अस्पतालमा उपचार भईरहेको छ भने थारुको शवलाई त्यही अस्पतालमा परिक्षणको लागी रहेको समेत पर्सा प्रहरीले जानकारी दिईएको छ ।

ठक्कर दिने टिपर , चालक , सह-चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकरी दिनुभएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर