विश्वप्रसिद्ध गढीमाई मेलाको समयमा बाराको सबै पालिकामा मङ्सिर २१ गतेदेखि २५ गतेसम्म सार्बजनिक बिदा हुने भएको छ ।

जिल्ला अन्तर्गत रहेका १६ वटै पालिकामा सार्बजनिक बिदा हुने महागढीमाई नगरपालिकाले जनाएको छ ।

मङ्सिर २ गते १६ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत , पालिका प्रमुख , उपप्रमुख , अध्यक्ष , उपाध्यक्षहरुको संयुक्त बैठकले बिदा सम्बन्धि निर्णय गरेको थियो ।

स्थानीय सरकारले आफ्नो विशेषाधिकार प्रयोग गरेर यो बिदा दिन लागेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताउनुभयो । बिदाको अवधिसम्म जिल्ला अन्तर्गतका सामुदायिकर संस्थागत सम्पूर्ण संघसंस्था बन्द रहने समेत उहाँले बताउनुभयो ।

मङ्सिर २१ गतेदेखि २५ गते अतिआवश्यक सेवा भने सञ्चालन रहने छ । मङ्सिर १ गतेदेखि नै विधिवत रुपमा सुरु भईसकेको मेला मङ्सिर ३० गतेसम्म लाग्ने र २१,२२,२३ र २४ गतेसम्म बिशेष मेला तथा पुजा हुने भएकोले बाराको सम्पूर्ण पालिकाले सघाउदै आ-आफ्ना पालिकामा बिदाको घोषणा गरेका हुन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर