गएराती अन्दाजी सवाँ ९ बजेतिर सवारी दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरका ४० बर्षीय युवक जटाशंकर प्रसाद जैसवार रहेका छन । प्रहरीका अनुसार पावरहाउस – ड्राइपोर्ट सडकखण्डमा पर्ने वीरगञ्ज १३ स्थित सरिसवा पुलमा मोटरसाईकल दुर्घटना हुँदा जैसवारको मृत्यु भएको हो।

प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलमा सवार ४० वर्षिय जैसवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको हो ।

अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । अनुसन्धानकै क्रममा रहेको कारण नियन्त्रणमा लिइएको ट्रकको नम्बर खुलाईएको छैन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर