अहिले मध्यतराईका जिल्लाहरुमा बिहान र बेलुका चिसो बढ्न थालेपछि स्वास्थ्य सुरक्षा अपनाउन चिकित्सकले सुझाव दिएका छन । बढी गरेर नवजात शिशु , बृद्ध बृद्धालाई चिसोले स्वास्थ्यमा असर पार्ने भएकाले उनीहरुको ख्याल गर्न चिकित्सकले सुझाएका छन ।
चिसोले निमुनिया जस्ता संक्रमण हुन् सक्ने भएकाले ख्याल गर्नुपर्ने चिकित्सकहरु भन्छन ।
बाक्लो लुगा लगाउन र तातो झोलिलो खाने कुरा खान वीरगंजस्थति नारायणी अस्पतालले भनेको छ ।
चिसोबाट कुनै किसिमको स्वास्थ्य समस्य भएमा नजिकै स्वास्थ्य चौकीमा गएर हेराउन अस्पतालले भनेको छ ।







