लुम्विनी बिकास बैंक पोखरिया शाखाले आफ्ना १ करोड ५ लाखको घरजग्गा मात्र ५० लाखमा लिलामी गरेपछि वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट निवासी बबिता सर्राफले आफ्ना दुई छोरी सहित आत्मदाहको प्रयास गर्नुभएको छ ।

मेरो श्रीमान घरमा नभएको बेला वीरगंज – ११ का वडाध्यक्षको मिलोमतोमा बैंकले बजार भाउ भन्दा कम दररेटमा आफ्ना घरजग्गाको लिलामी गरेको पिडित सर्राफले आरोप लगाउनुभएको छ ।
सर्राफको घर पर्साका बहुदरमाई नगरपालिकास्थित रामनगरीका रामराजले लिलामी प्रक्रियामार्फत खरिद गर्नुभएको र बबिताको सामान बाहिर निकाली ताल्चा लगाउन प्रयास गरेपछि बबिताले आफ्ना दुई छोरीसहित आत्मादाहको प्रयास गर्नुभएको प्रत्यक्षदर्शीले बताएका हुन् ।

स्थानीयले जानकरी दिएपछि तत्कालै प्रहरी चौकी रानीघाटका प्रहरी निरीक्षक नन्दलाल बैठाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बबितालाई आत्मदाह गर्नबाट जोगाएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर