साजिर मन्सूर
कलैया,पुष ३
बिधालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधार सम्बन्धि पृष्ठपोषण कार्यशाला शुरु भएको छ । कलैयाको श्री दुर्गा नमुना मा.बि.को सभाहलमा कार्यक्रम शुरु भएको हो ।

oplus_2
पाठ्यक्रम बिकास निर्देशनालयका निर्देशक बद्रीनाथ तिम्सिनाले कार्यशाला का बारे प्रकाश पार्दै विद्यालय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधार गर्न पृष्ठपोषण कार्यशालाको उद्देश्य निम्नानुसार हुने बताए :-
1. पाठ्यक्रमको समीक्षा: वर्तमान पाठ्यक्रमको गुणस्तर, प्रासंगिकता, र प्रभावकारीता मूल्यांकन गरी आवश्यक सुधारका लागि सुझाव संकलन।
2. पाठ्यपुस्तकको सुधार: पाठ्यपुस्तकको सामग्री, भाषा, दृश्य सामग्री, र उपयोगितामाथि छलफल गरी गुणस्तरीय सामग्री विकास गर्ने योजना तयार पार्नु।
3. शिक्षक र विद्यार्थीका आवश्यकता पहिचान: शिक्षक र विद्यार्थीका अनुभव तथा आवश्यकताका आधारमा पाठ्यक्रम र पाठ्यपुस्तकलाई अधिक उपयोगी र व्यावहारिक बनाउने उपायहरू विकास गर्नु।
4. गुणस्तर मापनका मापदण्ड तयार गर्नु: पाठ्यक्रम र पाठ्यपुस्तकको प्रभावकारिता मापन गर्न उपयुक्त मापदण्ड र प्रक्रिया निर्माण गर्नु।
5. प्रविधिको समावेशीकरण: आधुनिक प्रविधि र शिक्षण विधिलाई पाठ्यक्रम तथा पाठ्यपुस्तकसँग समन्वय गर्न रणनीति निर्माण गर्नु।
6. सामाजिक र सांस्कृतिक समावेशीता: पाठ्यक्रम र पाठ्यपुस्तकलाई स्थानीय, क्षेत्रीय, र राष्ट्रिय सामाजिक-सांस्कृतिक सन्दर्भसँग जोडेर अझ समावेशी बनाउनु।
7. नीतिगत सुधारका लागि सुझाव: पाठ्यक्रम तथा पाठ्यपुस्तकको गुणस्तर सुधारका लागि शिक्षा सम्बन्धी नीतिमा आवश्यक संशोधनका लागि सिफारिस तयार गर्नु।
8. साझेदारी र सहकार्य प्रवर्द्धन: शिक्षा क्षेत्रमा संलग्न सरोकारवालाबीच सहकार्य र साझेदारीको वातावरण निर्माण गर्नु।
यस्ता उद्देश्यहरू कार्यशालाको लक्ष्यलाई अझ प्रस्ट र परिणाममुखी बनाउनेमा जोड दिए ।
शिक्षा बिकास तथा समन्वय ईकाई बारा ईकाई प्रमुख हेमराज खतिवडा,श्री दुर्गा माबी का प्रधानाध्यापक मनोज यादव,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,शिक्षा बिकाश तथा समन्वय ईकाई बाराका प्राबिधिक सहायक सन्तोस कुमार शर्मा,निजि तथा सरकारी विभिन्न बिधालयका प्रधानाध्यापक,स्थानिय तहका शिक्षा शाखा प्रमुख,बिधालय ब्यवस्थापन समितिका अध्यक्ष,अभिभावक,बिद्यार्थी,पत्रकार सहितकाको उपस्थिति रहेको थियो ।
पाठ्यक्रम बिकास निर्देशनालयका पाठ्यक्रम अधिकृत खिलानाथ धमलाले कार्यक्रम सन्चालन गरेका थिए ।







