बारा प्रहरीले सिम्रौनगढ नगरपालिका–४ हरिहरपुर क्षेत्रबाट विशेष सूचनाको आधारमा ४३ किलो गाँजासहित एक भारतीय कारलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढ र अमृतगञ्ज खाजानी चौकीबाट खटिएको संयुक्त टोलीले सवारी जाँच अभियानको क्रममा उक्त लागूऔषध फेला पारेको हो ।

प्रहरीका अनुसार, तेलकुवा हुँदै सिम्रौनगढतर्फ गइरहेको बिआर ०१ एयू ११०७ नम्बरको भारतीय कारमा पाँचवटा पोकामा गाँजा लुकाइछिपाई ल्याइँदै थियो ।

चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने घटनास्थलबाट भाग्न सफल भएको प्रहरीले दाबी गरेको छ । फरार चालकको पहिचान गरी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान सुरु गरिसकेको छ । प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै स्थानीय र सम्बन्धित क्षेत्रलाई सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस प्रकारका अवैध क्रियाकलाप नियन्त्रणमा प्रहरी सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी गराउँदै प्रहरीले सीमा क्षेत्रलाई सुरक्षित राख्न सबै नागरिकलाई सतर्क रहन र शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन आह्वान पनि गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर