साजिर मन्सूर 

कलैया,पुस १४

 

नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनमा जित हासिल गरेका जनकपुर बोल्ट्सका खेलाडीहरूलाई क्लबका कप्तान अनिल साहको गृह नगर पनि रहेको बारा जिल्ला सदरमुकाम कलैयामा आज भव्य स्वागत तथा अभिनन्दन सहित नगर परिक्रमा गरिएको छ।

एनपीएल च्याम्पियन भएर पहिलो पटक ट्रफीसहित कलैया आएका खेलाडीलाई विजय जुलुस गर्दै नगरपरिक्रमा गराइएको हो। विजय जुलुस करण राज प्यालेसबाट सुरु भएर अदालत मालपोत हुँदै कलैया बजारभरि परिक्रमा गराइएको थियो।

गएको शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको एतिहासिक पहिलो सिजन जितेका थिए। खेलाडीहरूको उत्साह बढाउन नेपाल कृकेट संघ मधेस प्रदेश कोषाध्यक्ष सुबाश जयस्वाल,बारा कृकेट संघका अध्यक्ष प्रभात चौरसिया,कलैया क्रीकेट क्लबका अध्यक्ष तसरुद्दिन मन्सूर,अनिल चौगाई,नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका अध्यक्ष बृजकिशोर यादव,विभिन्न स्थानिय तहका प्रमुख,सरकारी गैरसरकारी संघसंगठनका का प्रमुख,खेलाडी,खेलप्रेमी सहित हजारौको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर