पुष १५ गतेबाट एकासी बढेको बढेको चिसोले तराईबासीको जनजीवन प्रभावित भएको छ ।
लगतार बढेको चिसोले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अफ्ट्यारो हुनुको साथै दैनिकी प्रभावित छ ।
दिनभर कुहिरो लाग्नु र चिसो हावा चल्नुले बढी बालबालिका र बृद्धबृद्धा प्रभावित भएका हुन् भने दैनिकी कामकाज गरेर जीविकोपार्जन गर्नेहरुलाई समस्या भएको छ ।
मौसमपूर्वानुमान महाशाखका अनुसार अझै केहिदिन मौसम नखुल्ने र भोलि वा पर्सिदेखि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने छ ।







