वीरगंज – गत असोज ४ गतेदेखि ठप्प मधेश प्रदेश सभाको चौथो अधिवेशन भोलि मंगलबारबाट सुरु हुने भएको छ ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेका छन्  ।

कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधनसहितका बिजनेस प्रदेश सभामा छन् ।

प्रमुख बिपक्षी दल जनता समाजबादी पार्टी नेपालले संसद बन्द गर्दा जनताको अवाज सुन्नी ठाउ बन्धक भएको भन्दै गत पुष १७ गते चौथो अधिवेश गर्न माग गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर