बिश्वास सम्बादाता

पचरौता,पुष २४

नेपाली क्रिकेटका उदयमान तारा अनिल साह र अरनिको यादवले हालै सम्पन्न NPL (नेपाल प्रिमियर लिग) मा जनकपुर बोल्ट्सलाई सफलता शिखरमा पुर्‍याउँदै बारा जिल्लाको नाम गौरवान्वित बनाएका छन्। यस ऐतिहासिक उपलब्धिका लागि पचरौता नगरपालिकाका मेयर श्री जलंधर सिंहले दुबै खेलाडीलाई जनही ५०-५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेका छन्।

 

विशेष सम्मान कार्यक्रम पचरौता नगरपालिकामा आयोजित गरियो, जहाँ स्थानीय जनप्रतिनिधिहरू, खेलप्रेमीहरू र समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मेयर सिंहले खेलकुदको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि यो सम्मान कार्यक्रमको आयोजना गरिएको बताए।

 

अनिल साह र अरनिको यादवले जनकपुर बोल्ट्सलाई सफलता प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए, जसले बारा जिल्लालाई मात्र नभई समग्र देशलाई गौरव महसुस गराएको छ।

 

यस प्रकारका सम्मानहरूले खेलकुदको क्षेत्रमा नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै मेयर सिंहले भने, “हाम्रो जिल्लाका प्रतिभाशाली खेलाडीहरूको हौसला बढाउनका लागि पचरौता नगरपालिका सधैं अग्रसर रहनेछ।”

 

यो सम्मान कार्यक्रमले स्थानीय स्तरमा खेलकुदको प्रोत्साहन र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर