साजिर मन्सूर 

कलैया,पुष २९

“शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” नारा सहित

बारा जिल्लाको सदरमुकाम मा रहेको कलैया उपमहानगरपालिकाको १४ औ नगर सभा सम्पन्न भएको छ ।

 

नगर प्रमुख बिनोद साहले कलैयाको बिकासकालागी कसैको प्रभाव वा दबाबमा कलैया सरकार पछि नहट्ने बताउदै यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका छन । कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको बताएका छन । सो अवसरमा नगर प्रमुख बिनोद साहले मानवत मटिअर्वा को बाटो सम्पन्न र कलैया हाट बजारको कायापलट गर्न आफुहरुको प्रमुख उदेश्य रहेको बताएका छन । बजारको बिकास गर्दा केवल आँखा लगाउनेलाई उनले त्यस्तो नगर्न आग्रह गरे । कलैया बजार सदियौ देखि त्यही अवस्थामा रहेकोले जनताको माग अनुसार त्यसको बिकास गर्ने कि नाई भएर प्रश्न गरे । कर्मचारीले जनप्रतिनिधिलाई गाली गर्दा त्यो के शुशासन उनले  भने । बजार भनेको सबैको हो त्यसमा केवल वडा सङ्ग मिलाएर नलिन आग्रह गरे । मधेसको सब भन्दा ठूलो उपमहानगर कलैया भएकोले यसको बिकासलाई रोक्ने गरि कसैले राजनिती गर्न नहुने बताए । कलैयाको समुचित बिकासका लागि सारा नगर बासी मिलेर गर्न सकिने त्यसमा मेरो सबै शक्ति परिचालन हुने बताए ।

 

जानकी सिनेमा हलमा सम्पन्न सभामा नीति कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन ।

उप मेयर प्रवीणले कलैयाको आव २०८१/०८२ को लागि नीति तथा कार्यक्रमको अर्धबार्षिक समिक्षा प्रस्तुत गरेकी छन । उनले योजनाहरु मार्फत बसोबास योग्य हरित शहर सम्मुनत कलैया उपमहानगर निर्माण गर्ने कार्य अगाडि बढाईएको बताएकी छिन । उप मेयर प्रविणले चालू आवमा कुल जम्मा रु.५६ करोड ४५ लाख ८ हजार एक सय एकान्नबे रुपैया आम्दानी प्राप्त भएको जसमा मङ्सिर मसान्त सम्म चालू खर्च पालिका को १२ करोड चौबिस लाख र पालिका पुजिगत खर्च १० करोड १० लाख खर्च भएको जनाईन । त्यस्तै संघ को चालू खर्च १७ करोड एकान्बे लाख पचिस हजार गरि हाल सम्म खर्च भएको र अब १६ करोड उनाईस लाख सरसठी हजार तीन सय मात्र मौज्दात रहेको सार्वजनिक गरेकी छिन ।

 

कार्यक्रममा स्वागत मन्तब्य दिदै प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उप सचिव नाथु साहले हालको आर्थिक मन्दिका बेला पनि सबैले बिचार गरि बजेट ल्याएकोमा धन्यवाद दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ मधेस प्रदेशमा निर्वाचित साजिर मन्सूर र अनिल गौरवलाई सम्मान गरिएको छ । त्यसतै जनकपुर बोल्टसका कप्तान अनिल साह र खेलाडी अरनिको यादवलाई जनही ५१ हजार नगद सहित सम्मानपत्र द्वारा नगर प्रमुख बिनोद साह र उप प्रमुख रौषन प्रविणले हस्तान्तरण गरेका थिए । त्यसतै सितोरियोका बिजेता खेलाडीहरुलाई प्रशिक्षक अनिल पान्डे समेत सबैलाई नगद ५/५ हजारले बिशेष सम्मान गरिएको थियो ।

 

यस्तै नगर सभा सदस्य शशी दासले यस अगाडि आफुले सम्पुर्ण नगर बासिको लागि आवाज उठाएको र निरन्तर नगरको बिकासका लागि लाग्ने बताए । सबै नगर सभा सदस्यको भावना अनुसारको बजेट ल्याएकोमा मेयरलाई धन्यवाद दिदै आफुहरु जिते देखि नै देशको आर्थिक अवस्था खराब भएर कलैयालाई आउने जति बजेट नआउदा बिकास काममा अलि पछाडी परेपनी उपलब्ध श्रोत साधनको उच्तम प्रयोग गरिरहेको प्रती नगर प्रमुखलाई धन्यवाद दिए । उनले वडा सदस्यहरुलाई प्रशिक्षण को खाचो भएको बताउदै यसको ब्यवस्थापन गर्न आग्रह गरे ।

कलैया बजारमा मात्र बिकास भएको बुझिएको वडा नम्बर १६ का वडा सदस्यले पालिकाको सबै वडाको समान बिकास गर्न माग गरे ।

नगर सभाको सन्चालन जिन्सी शाखा प्रमुख नरोतम अधिकारीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर