यादव बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले गढीमाई मन्दिरमा मुस्लिम युवाहरुले तोडफोड गरेको बताउनुभएको छ । गएरातीदेखि आज बिहानसम्म गढीमाई परिसरमा नगर प्रहरी र स्थानीय बासिसंग भएको बिबाद पछी विश्वास एफएमलाई प्रतिक्रिया दिदै उहाँले यस्तो बताउनुभएको हो ।
गएराती मुसलमान युवाहरु गढीमाई मन्दिरमाथि चढेर परेवा समातेको देखेर नगर प्रहरीले लखेट्न खोज्दा बिबाद भएपछी आज बिहान मुस्लिम युवाहरुको एक समुह आएर मन्दिर परिसरमा रहेको धर्मशालामा लगाईएको पाँखा , र दानी पेटीमा तोडफोड गरेको आरोप लगाउनुभएको हो ।
तर स्थानीयबासीका अनुसार महागढीमाइ नगरपालिकाभित्र पर्ने मन्दिर क्षेत्रमा बली दिने प्रयोजनको लागि भक्तजनलाई पशुपन्छी बिक्रीमा नगरपालिकाका मेयर यादवले हस्तक्षेप गरेको भन्दै स्थानीय खुद्रा व्यापारीहरु तोडफोड र विरोध प्रदर्शनमा उत्रिएपछि मन्दिर क्षेत्र तनावग्रस्त बनेको हो ।







