धनुषामा छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

शुक्रबार जनकपुरधामको परिक्रमा क्षेत्रमा र जनकपुरधाम–ढल्केवर सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जनकपुरधामको परिक्रमा सडकमा बालुवा लोड रहेको टिपरको ठक्करबाट पैदलयात्री महोत्तरीको महोत्तरी गाउँपालिका–५ बस्ने ६० वर्षीय सत्यनारायण साहको घटना स्थलमै मृत्यु भएको जानकारी दिए।

शुक्रबार बिहान करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका–७ परिक्रमा सडकमा बाटो काट्दै गरेका साहलाई ना ६ ख ४५३७ नम्बरको टिपरले ठक्कर दिएको थियो।

यस्तै, जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई पछाडिबाट नम्बर नखुलेको कारले ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–२ राघोपुरका २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको प्रवक्ता सिंहले बताए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर