साजिर मन्सूर

कलैया,माघ १०

प्रेस जनमत संघ बारा द्वारा नेपाल पत्रकार महासंघको सम्पन्न निर्वाचन बाट केन्द्र प्रदेश र जिल्लामा निर्वाचित पत्रकारलाई सम्मान गरेको छ ।

संघ बाराका अध्यक्ष अमरेश पाण्डेको अध्यक्षता तथा जनमत पार्टी बाराका ईन्चार्ज एवम केन्द्रिय सदस्य शिवनाथ पटेलको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,प्रदेश कोषाध्यक्ष अनिल गौरव,प्रदेश सदस्य साजिर मन्सूर,सन्जिव मिश्र जिल्ला अध्यक्ष रमेश सुबेदी,जिल्ला सदस्यहरु जिउत यादव,धिरेन्द्र तिवारी,नबिन चौधरीलाई खादा माला तथा अबिर लगाएर सम्मान गरिएको छ । सो अवसरमा उपस्थित जिल्लाका अन्य सकृय पत्रकारहरुलाई सम्मान गरिएको हो ।

 

सन्चार संस्थामा बिना नियुक्ति कोहि पनि पत्रकारले कतै काम नगर्न केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले आग्रह गरे । पास्वानले  हरेक सन्चार गृहले समेत पत्रकार लाई नियुक्ति दिएर मात्र काम गराउन आग्रह गरे ।

 

प्रमुख अतिथि शिवनाथ पटेलले पत्रकारको दायीत्व पूरा गर्न दल भन्दा माथी उठेर भुई मान्छेको आवाज उठाउन आग्रह गरे । केही पत्रकार साथी निम्ता पाएर पनि उपस्थित हुन नसकेको प्रति दुख ब्यक्त गर्दै आम नेपाली जनताको आवाज निस्पछ भएर उठाउन आग्रह गरे । पत्रकारको निर्वाचनमा हारेपछी ससक्त रुपमा अगाडी बढेर ईमान्दार भएर पत्रकारिता गर्न भन्दै शुभकामना दिए ।

उक्त अवसरमा जनमत पार्टीका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर