साजिर मन्सूर
कलैया,माघ ६
बाराको शैक्षिक छेत्रमा अकल्पनीय सुधार गर्दै अगाडी बढिरहेको श्री दुर्गा नमुना माबी बरेवाको बिधालय ब्यवस्थापन समितीको अध्यक्ष पदमा पुनः अवधेश यादव सर्वसम्मत चयन भएका छन । आज बसेको अभिभावक भेलाबाट शैक्षिक सुधारको कमान्डर मध्येका एक यादव चयन भएका हुन । भेलाले अवधेश यादव, ईनल दास,तुल्सी आर्या र जिन्नत जहालाई सदस्यमा चयन गरेको हो । त्यसपछि ती मध्येबाट यस अगाडी पनि अध्यक्ष रहेका यादवलाई अध्यक्ष चयन गरिएको छ ।
३/३ बर्षको पदावधि रहने पदका लागि यादव लगातार तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन ।
अहिले दुर्गा माबी मा कक्षा १ देखि १२ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ भैरहेको प्रधानाध्यापक मनोज यादवले जनाएका छन । बिधालयमा हाल शिक्षा,ब्यवस्थापन,बिज्ञान सन्काय पढाइ भैरहेको त्यस्तै प्राबिधिक धार तर्फ कम्प्युटर ईन्जिनियर समेत अध्यापन हुँदै आएको प्रधानाध्यापक यादवले जानकारी गराएका छन । हाल यो बिधालयमा आफ्ना छोराछोरीलाई भर्ना गराउन एक से एक ठुला बडा ओहदाका हरुको भनसुन समेत नचल्ने गरेको स्थानियले बताएका छन । पछिल्लो समय यो बिधालय अभिभावकहरुका लागि अत्यन्तै लोकप्रिय बन्दै गएको छ् । आधुनिक किसिमका ४० भन्दा बढी कक्षाकोठा तथा प्रयोगशाला,पुस्तकालय,सभा हल भएको यो बिधालयमा हाल ३ हजार ५ सय बढी बिद्यार्थी रहेको लेखा शाखा प्रमुख देव कुमार प्रसाद साहले बताएका छन ।
अभिभावक भेलामा सम्पुर्ण अभिभावक सङ्गै कलैया उपमहानगर वडा नम्बर ७ का अध्यक्ष सैफुल्लाह अन्सारी ,कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख प्रल्हाद बर्णवाल,शिक्षा समिती सदस्य महमद सगिर,मनोज कुमार लगायतकाको उपस्थिति थियो ।







