साजिर मन्सूर 

कलैया,माघ ७

जिल्ला प्रहरी कार्यालय बाराको कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई भब्य रुपमा स-सम्मान बिदाई कार्यक्रम गरिएको छ ।

बाराका दर्जन बढी समाजिक संस्थाले सामुहिक रुपमा गोपाल सेवा समितिको कार्यालयमा बिदाई कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादवले विदाई भएर जान लागेका एसपी खड्का बारामा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरूलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । खड्काले बारामा अत्यन्तै राम्रो सङ्ग जिल्ला बासी सङ्ग समन्वय गरि शान्ति सुरक्षा प्रदान गरेको भन्दै वहाको सफल कार्यकालको प्रसंशा गर्दै अझ प्रगतिको कामना गरे ।

नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासले बारा जिल्लामा प्रहरी प्रमुख मा रहदा शान्ती सुरक्षा ब्यवस्थापनमा अहोरात्र खटेर सफल कार्यकाल बिताउदै एसएसपी मा बढुवा भएर जान लागेका नेपाल प्रहरीका अब्बल एवम निस्पछ ईमान्दार प्रहरी अधिकृत का रुपमा आफुले सम्मान सहित खड्का को बिदाई गरेको बताईन । दासले विश्व प्रसिद्द गढिमाई माताको मेलालाई सफल बनाउन महत्वपूर्ण भुमिका निभाएका खड्का अत्यन्तै राम्रो संग समन्वय गराएको कहिल्यै बिर्सन नसकिने बताईन ।

 

सामुदायिक प्रहरीका अध्यक्ष महमद सगिरले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आम जनता सङ्ग र पीडित सङ्गको सुमधुर ब्यवहारले खड्का बारामा सधै सम्झिने एसपिको रुपमा रहने बताए ।

 

बिदाई भएर जान लागेका एसपी खड्काले बारामा रहेर काम गर्न पाउनु जिवनको सम्झनलायकको समय भएको बताए । बारामा काम गर्न अत्यन्तै असहज हुने भन्ने का लागि यो गलत बुझाइ भएको बताए ।उनले बाराका सम्पुर्ण जनता,नागरिक समाज,राजनीतिक दल,पत्रकार,अधिकारकर्मी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा गोपाल सेवा समिती कलैया वारा,नेपाल पूर्व प्रहरी संघ,ब्राईट ल्याण्ड स्कुल,कलैया उपमहानगरपालिका वडा नम्बर १८,नेपाल लेखापदी कानून् ब्यवसायी एशोसिएशन,समुदायीक प्रहरी सेवा केन्द्र,ब्रह्म कुमारी राजयोग सेवा केन्द्र,सचेत नागरिक समाज,नेपाल शिक्षक संघ बारा,सत्यसँग गोष्टी संजाल,साक्षर सामुदायीक सिकाई केन्द्र,गरिबी निवारण संस्था,जन कल्याण प्रतिस्ठान,पंतजली योग समिती,महिला सन्जाल बारा ले संयुक्त रुपमा सम्मान गरेका हुन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर