सामुदायिक बिद्यालयको शिक्षा सुधार गर्नको लागी बाराका स्थानीय सरकार प्रमुख र जिल्ला प्रशासन कार्यालयबीच अन्तर्क्रिया समपन्न भएको छ । जिल्लाको १६ वटै स्थानीय सरकारका प्रमुख , उपप्रमुख , अन्य जनप्रतिनिधि र बुद्धिजीवीको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरु जिल्लामा रहेका सामुदायिक बिद्यालयहरुको भौतिक संरचनामा सुधार गर्नुपर्ने बताएका थिए भने शैक्षिक अवस्थामा समेत परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका हाम्रा सहकर्मीले जनाएका छन ।

अहिलेको परिवर्तित परिवेशमा परम्परागत शिक्षाले क्रान्ति गर्न नसक्ने भएकोले शिक्षा क्रान्ति ल्याउनको लागी प्रबिधिसंग जोडिएर जाने सहभगिहरुले बताएका थिए ।

शिक्षामा सुधार गर्दै व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने स्थानीय सरकारका प्रमुखहरुले भनेका थिए । शिक्षाको अधिकार स्थानीय तहलाई दिईएको हुदा बढी भन्दा बढी स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने कार्यक्रममा सहभागी शिक्षकहरुले बताएका छन ।

स्थानीय निकायबाट बिगत केहि बर्षदेखि बिभिन्न ठाउँमा शिक्षलाई राजनीतिकरण गरेको हुदा शिक्षकाको स्तर खसिएको सहभागी बुद्धिजीवीहरुले गुनासो गरेका थिए । शिक्षालाइ अगाडी बढाउँनमा सम्पूर्णले आ-आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जिल्ला प्रसाशन कार्यालय बाराले समेत बताएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर