साजिर मन्सूर
कलैया,माघ ९
बाराको सदरमुकाम कलैयामा टेवा धापाखेल ललितपुरको समन्वय एवम ग्रामीण उत्थान अभियान कलैयाको आयोजनमा नगर स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । भएको सामुदायिक सुरक्षा जालो तथा महिलाबादी आन्दोलनको सुदृढीकरणको दोश्रो चरणमा पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्ने क्रममा कलैया उपमहानगरपालिका को नगर प्रमुख बिनोद साहले कलैयाको मुख्य समस्या मानवत मटिअर्वा सडक को अधुरो बाटो भएको र यसैले गर्दा कलैया कुरुप देखिरहेको बताउदै कानुनी जटिलता र ठेकेदारको रबैयाले बाटो बन्न ढिलाई भैरहेको बताए। तथापी उपमहानगरपालिकाले बाटो बनाउन हर सम्भव प्रयास गरिरहेको बताएका छन । नगरबासिका लागि अनुकुल र आवस्यकता अनुसारको तालिम उपमहानगरपालिकाले गराउदै आएको बताउदै उनले महिला बालबालिका र ज्येष्ठ नागरिकका लागि बिशेष योजना ल्याएको समेत बताए । पहिले देखि जोरले बज्ने डिजे र अस्लिल गित बन्द गराउन पालिकाले निर्णय गरेपनी कार्यान्वयन नहुदा समस्या भएको भन्दै अब फेरि कार्यपालिका को बैठकबाट यसलाई अनुमोदन गराई कलैयामा पुर्ण रुपले बन्द गराउन कडा नियम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । उनले कलैया अस्पताल भित्रको बेथिती यथाशिघ्र अन्त्य गराउन मेसुलाई ध्यानाकर्षण गराए । किसानका लागि आवस्यक मल खाद बीउ बिजन बितरणमा समेत काम गर्दै आएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी निरीक्षक तथा महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख बलराम श्रेष्ठले महिला हिंसा भएमा कार्यालयमा आउदा बिना झन्झट न्याय पाउने बताए । उनले आफ्नो महिला हिंसाका घटना होस वा कुनै घटना प्रहरी अहोरात्र जनतालाई न्याय दिन लागिपरेको बताए ।
ग्रामीण उत्थान अभियानका अध्यक्ष माधुरी कुमारी गिरिको अध्यक्षता एवम कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,प्रादेशिक अस्पताल कलैयाका मेसु डा.अजय गुप्ता,टेवाका महिलाबादी आन्दोलनकि अगुवा तथा कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ,कलैया उपमहानगरपालिकाको समाजिक शाखा प्रमुख तपसि चौरसिया,मं हिला शाखा प्रमुख नेहा केशरी,समाजसेवी तथा ग्रामीण उत्थान अभियान संस्थाको संरक्षक एवम सन्स्थापक मुकद्दम अन्सारी,टेवाको अनुगमन अधिकृत खुश्बु कायस्थ,वडा नम्बर १ को सदस्य शशी दास,ओसिएमसी कि अनिता जयस्वाल, सङ्गिता पटेल,लिला चौधरी सहित सयौको संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा टेवा संस्थाका बारेमा सरस्वती श्रेष्ठले जानकारी गराएकी थिईन भने कार्यक्रमको सहजीकरण बिश्वास एफएमका प्रबन्ध निर्देशक साजिर मन्सूरले गरेका थिए ।







