साजिर मन्सूर
कलैया,माघ ११
रिलायन्स सुगर एण्ड के.ई.प्रा.लि.को उखु तौल काटा ठिक रहेको गुणस्तर तथा नाप तौल कार्यालय विरगंज बाट खटिएका प्राविधिकले बताएका छन । रिलायन्स सुगर एण्ड के.ई.प्रा.लि.को परिसर (कम्पाउण्ड) भित्र रहेको तौल काटा जम्मा २ थान चेक जाच गराउने क्रममा रिलायन्स सुगर एण्ड के.ई.प्रा.लि.का प्रतिनिधि, उखु उत्पादक किसान संघका प्रतिनिधिहरु र उखु किसानहरुको प्रत्यक्ष रेख देखमा गुणस्तर तथा नाप तौल कार्यालय विरगंज बाट खटिएका प्राविधिक बाट चेक जाच गर्दा ठिक रहेको पाईएको जानकारी प्राप्त भएको छ ।
चिनिमिलले एक उछिङ्गल उखु किसानले बदनियत राखी नाप तौलमा फरक रहेको भन्ने भ्रम पैदा गरी आफनो उखु गाडी लाई अन्यत्र तौल गराई कारखानाको काटामा तौल गराउदा फरक आयो भनि कारखानाको कर्मचारी संग अभद्र व्यवहार गरेको तथा निर्वाध रुपम उखु कसिङ्ग गरि राखेको कारखाना लाई भ्रम पैदा गरी विथोल्ने प्रयास गरिएकोमा मिल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिलले आज सम्म उखु किसानलाई कुनै पनि किसिमको दुख नदिएको तथा स्वच्छ ईमान्दार भएर उखु किसानको साथी भएर अगाडी बढेको जनाउदै यस्ता खालका दुस्प्रचार नगर्न आग्रह गरेको छ । बारा जिल्ला कलैया उ.म.न.पा.वार्ड २४ श्रीपुर स्थित मिल नेपालकै लोकप्रिय चिनी मिल भएको दाबी गरिएको बेला यस्ता अपवाह फैलाएर मिलको बिश्वस्नियता घटाउन खोज्नेमाथी कानुनी उपचार खोज्नु पर्ने उखु किसानहरुले आग्रह गर्न थालेका छन ।







