बैतडीको सिगास गाउँपालिका– १ माडौंहमा आज बिहान भएको जिप दुर्घटना दुईजनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका– १ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीका अुनसार सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सयमिटर खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सिगासकै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामी घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर